कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड १ लाख १५ हजार १०० रुपैयाँ बराबरको १ लाख १ जार १५१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असार २९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा साउन ९ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आनलाइन आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here