मनाङ एयरको हेलिकोप्टर उडान भरेको ११ मिनेटमा दुर्घटनाग्रस्त,थप विवरण आउन बाँकी

काठमाडौं । मनाङ एयरको ९ एन(एएमभी कलसाइनको हेलिकोप्टर काठमाडौं उडान भरेको ११ मिनेटमै दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरण अन्तर्गतको उद्धार समन्वय समिति (रेस्क्यु कोर्डिनेसन सेन्टर)ले गरेको अध्ययनअनुसार सो हेलिकप्टर उडान गरेको ८ मिनेटमै उक्त हेलिकोप्टर टावरसँगको सञ्चार सम्पर्कविहीन भएको थियो।

प्राधिकरणका अनुसार हेलिकोप्टरको दुर्घटना प्रकृति कन्ट्रोल फ्लाइट इन्टु टेरेन ‘सिफिट’ अन्तर्गत अर्थात मौसम एक्कासि प्रतिकूल भएर नियन्त्रणगुमाएर दुर्घटना हुनु हो ।

यसको थप विवरण आउन बाँकी भएको प्राधिकरणले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here