उपत्यकामा कार्यरत ४० कर्मचारीलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सले दियो स्मार्टफोन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योन्स लिमिटेडले काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुलाई स्मार्टफोन वितरण गरेको छ । मंगलबार कम्पनीले ट्राफिक प्रहरी कार्यलय रामशाह पथ काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमको अवसरमा ४० थान केआरएटीओएस टेक्नोलोजी स्मार्ट फोन ४० प्रहरी वीटलाई हस्तान्तरण गरेको हो । कम्पनीले आफनो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त फोन सेटहरू उपलब्ध गराएको हो ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई उक्त मोबाइल सेटहरु हस्तान्तरण गरेका हुन् । ।

कम्पनीले विगत ३० वर्ष देखी निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । इन्स्योरेन्सले काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको व्यावसायिक क्षमतामा अभिवृद्दि होस भन्ने उद्देश्यका उक्त मोबाइल फोन वितरण गरेको बताएको छ ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट विजय बहादुर शाहले काठमाडौं उपत्यका भित्र वढ्दो सवारी साधनहरु विशेषगरी मोटरसाइकल चोरीका घटना नियन्त्रणमा उक्त टेलिफोन सेटहरुले सहयोग पुरयाउने विश्वाश व्यक्त गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक पोष राज पोखरेलले प्राप्त मोवाइल सेटहरुले ट्राफिक प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वाश व्यक्त गरे । साथै आगामी दिनमा पनि कम्पनी र ट्राफिक प्रहरीको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here