सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगियो, २बजे आर्याघाटमा अन्त्येष्टि

काठमाडौं । सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी माओबादी नेतृ सीताको आज बिहान ८ ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखने छ ।

श्रद्धाञ्जलीपछि २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here