काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।
समितिका सदस्यहरु श्रदाञ्जलीका लागि गएकाले बैठक स्थगित गरिएको हो ।
अर्थ समितिको बैठक ११ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बैठक १ बजेका लागि तय थियो ।