दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब १८ करोडको कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्चसेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबारको शरुवातदेखि लगातार उकालो लागेको नेप्से २५.३१ अंकले बढेर २०९७ को विन्दुमा पुगेको हो ।

आज कारोबार अवधिभर २ सय ८९ कम्पनीका ८५ लाख ४ हजार ३ सय ७८ कित्ता सेयर किनबेच भएको छ । सो दिन कारोबार रकम ३ अर्ब १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

बुधबार कारोबार भएकामध्ये ३८ कम्पनीको सेयरमूल्य घटेको छ । जसकारण १ सय ८५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज उकालो लागेका कम्पनीमध्ये ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

बुत्रबार शिवम सिमेन्टको सबैभन्दा बढी ३३ करोड माथिको सेयर कारोबार भएको छ । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको ९ करोड २३ लाख र सोल्टी होटल लिमिटेडको ९ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यता वित्त र होटल तथा पर्यटन समुहको परिसुचकमा भने गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here