नायिका स्वस्तिमा र नायक प्रदीप खड्का टिभिएसको ब्राण्ड एम्बेसडर

काठमाडौं, ९ भदौ । टिभिएस मोटर कम्पनीले नेपाली सिनेस्टार स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमाटिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिद्वारा ब्राण्ड एम्बेसडरको घोषणा गरिएको हो ।
युवापुस्ता लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्लेटफर्म टिभिएस स्मार्ट कनेक्ट रहेको छ ।

टिभिएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसित गरिएको स्कुटरमा स्टेट–अफ–आर्ट सिभिटिआई रेभ थ्री भल्भ इन्जिन रहेको छ ।

टिभिएस मोटर कम्पनीका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट–इन्टरनेशनलबिजनेस अफेयर आर दिलिपले कार्यक्रममा भने, ‘अघिल्लो वर्ष नेपालको पहिलो स्पार्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेका थियौं र यो ब्राण्ड चाडैं नेपालमा सबैभन्दातीव्र गतीमा वृद्धि हुने स्कुटर ब्राण्ड बनेको छ । स्टार स्वस्तिमा र प्रदीप देशको युवाआकांक्षाको प्रतिक हुन र यस सहकार्यले हाम्रो ब्राण्डको दृश्यता बहुसंख्यक रुपमा बढ्नेछ ।’

जगदम्बा मोटर्स प्रा.लिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले ब्राण्ड एम्बेसडर घोषणा गर्दै भने, ‘मनोरञ्जन जगतका दुवै अग्रणी युवा आइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । हामीले उनीहरु सँगको यात्रा अद्भुत रहने आशा गरेका छौं ।’

नायिका स्वस्तिमा खड्काले टिभिएससँग आवद्ध भएको अवसरमा टिभिएसमोटर कम्पनीसँगको आफ्नो यात्रा गतवर्षदेखि नै मजबुतभइरहेको बताइन् ।

त्यस्तै नायक यस सहकार्यका बारेमाप्रदीप खड्काले आफू स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सँग सहकार्य गर्न पाउँदानिकै उत्साहित भएको बताए ।

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित भएर टिभिएस एनटर्क १२५ ले सार्प, सिग्नेचर टेल र एलईडी टेल ल्याम्प सहित एग्रेसिभ स्टाईललाई मुर्त रुप दिएको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here