हिमालय एअरलाइन्सले थाल्यो इन्टरनेट बुकिङ, वालेटबाटै पैसा तिर्न सकिने

`
काठमाडौं, २८ असार । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ इन्जिन सेवा सुरु गरेको छ । अब ग्राहकहरूले डेक्सटप वा मोबाइलबाटै एअरलाइन्स्को वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।

यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्ने कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युनियन पे र कनेक्टआईपीएसबाट भुक्तानी गर्ने सुविधिा निकट भविष्यमा उपलब्ध हुने बताइएको छ ।

यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापन सहित अतिरिक्त सेवाहरू पनि अनलाइनमा उपलब्ध छन् । एअरलाइन्स्ले ब्यागेज प्रि– बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवाहरू चयन गर्नेजस्ता विभिन्न अन्य सुविधाहरू पनि ल्याएको छ ।

यात्रुहरूले विमानस्थलमा समय बचत गर्नको निम्ति अनलाईन चेक(इन पनि गर्न सक्नेछन् ।
नयाँ सेवाको सुरुवातबारे एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरीे इन्टरनेट बुकिङ इन्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here