दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ३७ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १२.१६ अंकले बढेर २०९७.७६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८६ कम्पनीको २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ५ वटा घटेको छ भने अन्य सबैको परिसूचक बढेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सनराइज फोकस्ड इकयुटी फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, एनआइबिएल ग्रोथ फण्डको इकाइ मूल्य ९.९२ प्रतिशतले बढेर प्रति इकाइ मूल्य १० रुपैयाँ ६४ पैसा पुगेको छ।

आज सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here