रिसाहा प्रेमी: डोजर लगाएर पुरिदिए प्रेमिका चढेको कार !

काठमाडौं । रिस उठेपछि मानिसले के के सम्म गर्छ भन्ने कुरा सोच्न पनि सकिँदैन ।

मानिसलाई रिस उठेपछि आँखा देख्दैनन् भनिन्छ, यसै भनाईसँग मेल खाने एउटा घटना अहिले चर्चामा रहेको छ ।

अमेरिकाको फ्लोरिडा शहरमा बस्ने एक युवाले आफ्नो प्रेमिकासँग रिस उठेपछि यस्तो अचम्मको हर्कत गरेका छन् जसकारण उनलाई जेल जानुपरेको छ ।

अमेरिकी सञ्चारमाध्यम न्यूजविकका अनुसार २० वर्षिय आरोपी हन्टर मिल्स आफ्नी प्रेमिकासँग यतिसम्म रिसाए की उनले प्रेमिका चढेको कारमा जेसीबी डोजर ल्याएर माटो हालिदिए ।

धन्न प्रेमिका कारबाहिरै थिइन र उनलाई केही भएन । तर, प्रेमिकाले चढेको सेतो काडिल्लाक कारको छत माटोले पुरियो र कारको भित्री भागमा पनि माटो पस्यो ।

प्रहरीका अनुसार मिल्सले आफ्नी प्रेमिकालाई कुरा गर्न आफूले काम गर्ने ठाउमा बोलाएका थिए । उनकी प्रेमिका अरु नै मानिसको कार लिएर उनलाई भेट्न गएकी थिइन्, त्याे कुरा उनलाई मन परेन । त्यसपछि उनीहरु बीच मनमुटाव भयो ।

प्रेमिकाले आफ्नो एक प्रश्नको उत्तर दिन नमानेको झाेँकमा मिल्सले जेसिबी ल्याएर कारको छतमा माटो हालिदिए ।

उनको त्यस्तो हर्कतको कारण कारको मर्मतमा एक हजार डलर भन्दा बढी खर्च हुने बताइएको छ । उक्त रकम मिल्सबाट क्षतिपूर्ती भराउने गरी मुद्दा चलाइएको छ ।

स्थानीय प्रहरीले यस घटनाको तस्विर आफ्नो ट्विटर एकाउन्टमा सेयर गरे पछि याे घटना चर्चित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here