घोराही सिमेन्टको आइपीओ बाँडफाँड, सबै आवेदकले पाए शेयर

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आइपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री हिमालयन क्यापिटल र प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले घोराही सिमेन्टको आईपीओ बाँडफाँड गरेका हुन।

क्यापिटलका अनुसार कम्पनीको शेयरमा आवेदन दिने सबैले १० कित्ताका दरले शेयर हात पारेका छन् । शेयर बाँडफाँड मोडल अनुसार १० कित्ता देखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना आवेदकले माग गरे बमोजिम कै शेयर पाएका छन् ।

त्यस्तै ८० कित्ता देखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता शेयर पाएका छन् ।

बाँकी रहेको ६ हजार ९ सय १० कित्ता शेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता शेयर पाएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्ता सम्म शेयर पाएका छन् ।

कम्पनीले जेठ ३२ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री नबिल इन्भेष्टमेन्टको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here