शेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से साढे ६ अंकले घट्दा ३८ करोडको कारोबार

काठमाडौं, ९ भदौ । सोमवार नेप्से परिसूचक ६.४९ अंकले घटेर १ हजार २ सय ३.१३ अंकमा झरेको छ ।

कारोबारमा आाएका मध्ये सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक घटेको हो । सोमवार सबैभन्दा धेरै जीवन बिमा कम्पनीको सूचक घट्यो । जीवन बिमाको सूचक १.२० प्रतिशतले घट्यो ।

त्यस्तै, उत्पादन क्षेत्रको ०.८८ प्रतिशत, जलविद्युतको ०.८६ प्रतिशत, होटलको ०.७१ प्रतिशतले घट्यो भने अन्य सबै समुहको सामान्य अंकले घट्यो ।

सोमवार १ सय ७२ कम्पनीको १६ लाख ३ हजार ३ सय २६ कित्ता शेयर किनबेच हुँदा ३८ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनीले कमाए । ट्रेडिङको शेयर मूल्य ४.८७ प्रतिशतले बढ्यो ।

त्यस्तै, मेरो लघुवित्त वितिय संस्थाका ४.६७ प्रतिशत, आँधीखोला लघुवित्त वितिय संस्थाको ३.८० प्रतिशतले बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एनएलजी इन्स्योरेन्स कम्पनीका शेयर धनी रहेका छन् । एनएलजीको शेयर मूल्य ६.३३ प्रतिशतले घट्यो ।

त्यस्तै, आंखुखोला जलविद्युतको ५.९७ प्रतिशत, नबिल प्रगती फाउन्डको ५.४५ प्रतिशत घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । बैंकले १० करोड २१ लाख ६१ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here