उच्च अंकले बढ्यो नेप्से, २ अर्ब ५६ करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १ वटा घटेको छ भने अन्य सबैको परिसूचक बढेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

बीपीडब्ल्यू लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

यसको पौने १५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन लाइफको १० करोड र साइन रेसुंगा डेभलपमेन्ट बैंक पौने ८ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here