खरानी बन्दैछ ‘विश्वको फोक्सो’, अमेजनको आगो निभाउने सबै प्रयास विफल

काठमाडौं, ९ भदौ । ब्राजील स्थित अमेजन जङ्गलमा लागेको आगोको कारण हालसम्म १० लाख हेक्टर जङ्गल जलेर खरानी भईसकेको छ ।

विगत दुई सातादेखि फैलिएको डढेलो निभाउनको लागि विश्वभरबाट गरिएको सम्पुर्ण प्रयास विफल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
सम्पर्ण विश्वलाई नै २० प्रतिशत अक्सिजन दिने अमेजन जङ्गललाई ‘विश्वको फोक्सो’ नामले पनि चिन्ने गरिन्छ ।

आगोलाई नियन्त्रण गर्नको लागि प्रयास भने दिनरात भईरहेको छ । तर, हालसम्म कुनैपनि उपलब्धि हासिल हुन सकेको छैन् ।

‘जी सेभेन’ मा बैठकमा अमेजनको चर्चा

विश्वका शक्ति राष्ट्रहरु (फ्रान्स, इटाली, अमेरिका, बेलायत, क्यानडा, जर्मनी र जापान) को फ्रान्समा भईरहेको जी सेभेनमा पनि अमेजन जङ्गलमा लागेको आगोको बारेमा चर्चा भएको छ ।

उक्त बैठकमा पनि आगो निभाउने सम्बन्धमा छलफल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here