दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६० कम्पनीको ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९ सय रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ५उपसमूह्को परिसूचक बढेको छ भने ८ को घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ४.५४ प्रतिशतले बढेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

बीपीडब्ल्यूको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज युनाएटेड अजोड इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे २३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंक १४ करोड र शिवम् सिमेन्ट पौने १४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here