टिकटकसँग प्रतिस्पर्धा गर्न फेसबुकले थप्यो भिडियो ट्याव सुविधा

काठमाडौं । फेसबुकले टिकटक तथा युटु्युवसँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित नयाँ फिचर समाबेश गरेको छ । फेसबुकले थप गरेको भिडियो ट्याबले भिडियो अपलोड तथा एडिट गर्न सहज हुन्छ ।

कम्पनीले मुख्य फिडका लागि भिडियोहरूमा रिल्सका लागि सम्पादनको अप्सनहरु उपलब्ध गराएको छ ।

यस तरिकाले, मानिसहरूले एकै ठाउँबाट छोटो र लामो भिडियोहरू बनाउन सक्छन् । मेटाले पहिले नै मेटा बिजनेस सुइट प्रयोगकर्ताहरूलाई यी उपकरणहरू रोल आउट गर्दैछ।

नयाँ एडिटिङ टुलको मद्दतले प्रयोगकर्ताहरुले आफ्नो भिडियोमा म्यूजिक, फिल्टर तथा अन्य इफेक्टहरु सजिलैसँग थप्न सक्नेछन् । त्यस्तै भिडियोलाई ट्रिम गक्याप्सन वा टाइटल राख्न सक्नेछन् । भिडीयोलाई एचडीआर क्वालिटीमा पनि अपलोड गर्न मिल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here