दैनिक २० मिनेट व्यायाम गरेमा यी ५ खतरनाक रोगबाट बच्न सकिन्छ

काठमाडाैं । व्यस्त जीवनशैलीको कारण धेरै मानिसहरुलाई आफ्नो स्वास्थ्य र शरीरबारे ध्यान दिने फुर्सद नै नभएको गुनासो गर्छन् ।

सँधै कामको चापको कारण आफ्नो स्वास्थ्यमा ध्यान दिन पर्याप्त नपाएका गुनासो गर्नेहरुको लागि खुसीको खबर छ ।

दैनिक २० मिनेटको दरले मात्रै व्यायाम गरेमा मात्रै पनि विभिन्न खतरनाक रोगहरुबाट बच्न सक्ने चिकित्सकहरु बताउँछन् ।

हालसालै भएको एक अध्ययन अनुसार जो मानिस दैनिक थोरै समयको लागि मात्रै भएपनि व्यायाम गर्ने गर्छन् उनीहरुलाई डायविटिज, हर्ट अट्याक तथा मोटोपना जस्ता समस्याहरुको खतरा कम हुने गर्छ ।

यतिसम्म की दैनिक १५ देखि २० मिनेट हिँड्डुल गरेमात्रै पनि स्वास्थ्यको लागि फाइदा हुन्छ ।

२०—३० मिनेटको व्यायमले ५ खतरनाक रोगबाट बचाउँछ

चिकित्सकका अनुसार यदि युवाहरुले दैनिक २० देखि ३० मिनेट व्यायाम गर्ने बानीको विकास गरेमा विभिन्न खतरनाक रोगलाई पनि जित्न सकिन्छ ।

विश्वभर ६० प्रतिशत भन्दा धेरै मृत्युको कारण पनि यी नै ५ रोगहरु हुन् ।

१. हर्ट अट्याक तथा स्ट्रोक
२. क्यान्सर
३. डायविटिज
४. उच्च रक्तचाप
५. मोटोपना

लामो समयसम्म एकै स्थानमा बस्नु खतरनाक

शोधकर्ताहरुका अनुसार यदि एक व्यक्ति एक दिनमा नौं घण्टासम्म एकै स्थानमा बस्ने गरेमा त्यो व्यक्तिको मृत्य सामान्य व्यक्तिको भन्दा छिटो हुन्छ ।

यस भन्दा पहिले भएका विभिन्न अध्ययनहरुले पनि एक दिनमा थारै मात्र हिड्डुल गरेमा पनि विभिन्न प्रकारका रोगहरुबाट बच्न सकिने तथ्य प्रस्तुत गरेका थिए । (एजेन्सी)