टक्सारमा पुर्‍याइयो विमानस्थलबाट बरामद सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको सुन नापतौल गर्न राजश्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।

महाशाखामा सुनको तौल मापन गरिनेछ । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । बरामद सुनको परिमाण एकिन भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here