झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । नयाँ आर्थिक वर्षसँगै उकालो लागेको शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २६३ कम्पनीको ३ अर्ब ५करोड २४ लाख १० हजार ६५९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ५ उपसमूह्को परिसूचक बढेको छ भने ८ को घटेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिशाल बजार र लिवर्टीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here