आजदेखि नाडा अटो शो, के हो मूख्य आकर्षण ?

फाइल तस्वीर

काठमाडौं, १० भदौ । नाडा अटो शो मंगलबारदेखि राजधानीमा शुरु हुँदैछ ।

नेपाली बजारमा सवारी साधनको आकर्षण स्थापित गराउने उद्देश्यसहित नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले हरेक वर्ष अटो मोवाइलको वृहत प्रदर्शनी आयोजना गर्दै आएको छ ।

अटोमोबाइलको बिक्री तथा प्रदर्शनीका लागि यो प्रदर्शनीलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । खासगरी दशैं र तिहारको अगाडी आयोजना हुने यो प्रदर्शनीका दौरान ठूलो परिमाणमा सवारी साधनको बिक्रि गर्ने लक्ष्य पनि व्यवसायीले राखेका हुन्छ ।

१५ भदौसम्म संचलन हुने प्रदर्शनीमा नेपाली बजारमा उपलब्ध सवारी ब्रान्डले सहभागिता जनाउँदैछन् । अटो शोमा सवारी साधनसहित सवारी जन्य पार्टपुर्जा तथा टायर, लुब्रिकेन्ट, बैंक तथा वित्तीय संस्थाले समेत आफ्नो स्टल राखेका छन् ।

सवारी प्रदर्शनीबाहेक यस अटो शोका दौरान विषयगत अन्तरक्रिया तथा छलफल समेत आयोजना गरिन्छ । यसले अटोमोवाइलको बजार, यसका समस्या र समाधानका उपाय सल्टाउन ठूलो भूमिका खेल्ने आयोजकको भनाई रहेको छ ।

नेपालमा कारको बजार फस्टाएसँगै नयाँ नयाँ ब्रान्डको आगमन पनि उत्तिकै फस्टाइरहेको छ । भारत, चीन, जापान, कोरिया, यूरोप, अमेरिकासम्मका ब्राण्डले नेपाली बजारलाई आकर्षक बजारका रुपमा देखिसकेका छन् ।

खासगरी मध्य स्तरका परिवारले पनि सवारी साधन सजिलै चढ्न सक्ने अवस्थामा नेपालमा अटोबजारको लोकप्रियता बढ्दो रहेको छ । अटो शोको अवसर पारी व्यवसायीहरुले नयाँ नयाँ मोडल ल्याएर ग्राहक आकर्षित गर्ने उद्देश्य राखेका हुन्छन् ।

नेपालमा मारुती सुजुकी, हुण्डाई, महिन्द्रा, टाटा, फोर्ड, निसान, रेनो, टोयोटाजस्ता ब्राण्ड लोकप्रिय छन् ।

अटो शोमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे बाहेक १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री , १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा १३ वित्तीय संस्थाले भाग लिँदैछन् ।

प्रदर्शनीमा ठूला तथा साना गरि १६० वटा ब्लक राखिने आयोजकको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here