२ वर्षयता निष्कृय गुगल अकाउण्ट स्वतः बन्द हुँदै, कसरी गर्ने सुरक्षित ?

काठमाडौं । पछिल्लो २ वर्षयता निष्कृय गूगल अकाउण्ट अब बन्द हुने भएको छ । गुगलले एक्टिभ नभएका अकाउण्ट्सलाई प्लेटफर्मबाट हटाउने बताएको छ । यसले यूजरनेम फ्री हुने र दोस्रो व्यक्तिले सो अकाउण्ट् चलाउन पाउने मौका मिल्ने छ । गूगल अकाउण्ट डिलीट गर्ने प्रक्रिया यसै वर्ष दिसेम्बरबाट शुरू हुने भएको छ ।

अकाउण्ट डिलीट गर्नु अगाडी कम्पनीले एक वार्निग मेल भने पठाउने भएको छ । गूगल अकाउण्ट डिलिट हुनुको मतलव यससँग जोडिएका फोटोज, मेल, युट्यूवसहित सबै डाटा डिलीट हुन्छ ।

कम्पनीले खासगरी कमजोर सुरक्षा भएका र एक्टिभ नभएका सबै अकाण्टलाई आफै हटाउन लागेको हो । यसबाट ह्याकर्षको हातमा युजर्सका सूचनाहरु पुग्न नसकुन भन्ने उद्देश्य कम्पनीको छ । गूगलले यस्ता अकाउण्ट्स भने डिलीट गर्नेछैन, जसले यूट्यूब भिडियो राखेको छ, अथवा यूट्यूब भिडियो पोस्टेड अकाउण्ट अहिलेका लागि सुरक्षित नै रहने छ ।

गूगलले केवल पर्सनल अकाउण्ट्स डिलीट गर्नेछ । बिजनेस या शिक्षण संस्थानका अकाउण्ट पनि सुरक्षित नै रहनेछन् । तपाईले आफ्नो अकाउण्ट्स सुरक्षित रहोस भन्ने चाहनु हुन्छ भने गुगलका कुनै न कुनै माध्यमको नियमित युजर्स रहनुहोस । उदाहरणका लागि इमेल गर्नुहोस, फोटोज चलाउनु होस वा युट्युव चलाउनु होस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here