अर्थतन्त्रका वेथिति हटाउँदैछौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताएका छन् । उनले सस्तो लोकप्रियता हासिल गर्नभन्दा पनि दुई चार वर्षपछि यसको सकारात्मक परिणाम आउने गरी काम भइरहेको बताए ।

नेपाली कांग्रेस बागमती प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं– ६ (ख) ले शनिबार आयोजना गरेको विपि कोइरालाको ४१ औँ स्मृति दिवसका सन्दर्भमा आयोजित एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो विचार व्यक्त गरेका हुन् ।

विपि कोइरालाको नेतृत्वमा नेपाल आधुनिक युगमा प्रवेश गरेको चर्चा गर्दै मन्त्री महतले अहिले सामाजिक सञ्जालमा अनेक थरी विषय आउन थालेकाले त्यसलाई आधार मानेर आफ्नो दृष्टिकोण नबनाउन र सत्य के हो भन्ने गहिराइमा पुगेर मात्रै धारणा तय गर्न सुझाव दिए ।

मन्त्री महतले एसईई उत्तीर्ण गरेका विद्यार्थी र विद्यालयका प्रतिनिधिलाई सम्मान गरे । पूर्वमन्त्री भीमसेनदास प्रधानले सभ्य नागरिक बनेर देशको विकासमा समर्पित हुन विद्यार्थीलाई आह्वान गरे ।

त्रिविका पूर्व उपकुलपति तीर्थराज खनियाले २०६२–०६३ मा राजनीतिक परिवर्तन भए पनि राजनीतिक नेतृत्वले शिक्षाको विकासतर्फ ध्यान नदिएको गुनासो गरे । कार्यक्रममा क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलगायतले शिक्षाको गुणस्तर बढाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here