निफ्राको नाफा ४२.७१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा ४२.७१ प्रतिशतले वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार असार मसान्तसम्म एक अर्ब ४५ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासम्म बैंकले एक अर्ब दुई करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ४२.६८ प्रतिशत बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब २८ करोड संचित छ । गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ करोड ५ लाख रुपैयाँ रहेको छ। जसबाट सेयरधनीलाई झन्डै ४.८८ प्रतिशतसम्म लाभांश बाँड्न पुग्छ ।

समीक्षा अवधिमा बैंकले ८९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १४ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप १०३.७९ प्रतिशत र कर्जा २९.६१ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.७३ रुपैयाँबाट बढेर ६.७६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here