कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँड, १० लाख बढीको हात रित्तो

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री एनएमबी क्यापिटलले आज आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १० हजार ११५ आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये भाग्मानी एक जनाले थप १ कित्ता सेयर पाए । १० लाख ३७ हजार बढी जनाको भने हात रित्तो भएको छ ।

कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म सो आइपीओ बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ मूल्यका १ लाख २१ हजार ८६८ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

सो मध्ये १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता आइपिओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि कम्पनीले निष्कासन गरिसकेको छ।

यस्तै, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको कम्पनीले २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ।

बाँकी रहेको १ लाख १ हजार १५१ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् । यसैगरी, विक्री एनएमबी क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here