राष्ट्र बैंकले बढायो घर कर्जाको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बृद्दि गरेको छ । आईतबार सार्वजनिक चालु आर्थिक बर्षका लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घरकर्जा सीमा बढाएको हो । राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जा रु१ करोड ५० लाखलाई वृद्धि गरी रु२ करोड पुर्याउने घोषणा गरेको हो ।

यस्तै राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन पनि पुनरावलोकन गर्ने बताएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here