२२०० बिन्दु माथि उक्लियो नेप्से,४ अर्ब ३७ करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको हो । आइतवार २६६ कम्पनीको ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूह्को परिसूचक बढेको छ । बैंकिङ समूह सबैभन्दा धेरै ४.९८ प्रतिशतले बढेको छ । आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

किसान लघुवित्त र चन्द्रगिरि हिल्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।लिवर्टी र स्वरोगारको शेयर मूल्य सर्किट लेभलमै बढेको छ । ग्लोबल आर्यएमई बैंक र कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, ज्योति विकास बैंक साढे १३ करोड र ग्लोबल आइएमई बैंक १२ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here