गठबन्धन भित्रबाटै ‘समाजवादी मोर्चा’ कसको लागि बन्यो ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले समाजवादी मोर्चाबारे प्रश्न उठाएका छन्। आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोइरालाले समाजवादी मोर्चा किन बनेको हो भन्ने प्रश्न राखेका हुन्।उनले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे।

‘हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र। हामीहरूको गठबन्धन भित्रपनि अर्को गठबन्धन बनेको छ। समाजवादी मोर्चा, त्यो कसको लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ,’ कोइरालाले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भिर बन्नुपर्ने आवश्यकता रहेको पनि कोइरालाले बताए।

उनले यस केन्द्रीय समिति बैठकले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिने विश्वास पनि व्यक्त गरे।

कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम कांग्रेसकै मन्त्रीबाट भइरहेको भन्दै केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरे ।

कोइरालाले भने, ‘नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here