दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २६.६६ अंकले घटेर २२००.५० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसारसोमवार २६५ कम्पनीको ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये अन्य र म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक घटेको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.५० प्रतिशतले घटेको छ ।

किसान लघुवित्त वित्तीय संस्थाको शेयर शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्ड–२ र कुमारी इकयुटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.९३ प्रतिशतले घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको साढे २५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक १९ करोड र प्रभु बैंक १५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here