‘फौजदारी अभियोगपछि पार्टी छाड्नुपर्छ, नभए निलम्बन गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फौजदारी अभियोग लागेकाहरूले पार्टीबाट स्वतः अलग बस्नुपर्ने धारणा राखेका छन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूले बैठकको ‘मुड’ (निलम्बन नगर्ने) बुझेकाले फरक मत दर्ज गरेको उनले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी नेता बालकृष्ण खाँणप्रति संकेत गर्दै उनले सो कुरा बताएका हुन् । उनले कांग्रेसले नेपाल सरकारले अघि बढाएको कुरामा साथ दिनुपर्ने बताए ।

उनले भने, ‘यो अरु कसैलाई पर्ला। मलाई पर्ला। कामना, कोही नपरुन्। परेकाहरु निर्दोष हुन्। निलम्बन कारबाही होइन। बैठककको मुड बुझेको छु, त्यसैले निर्णयमा मेरो मत दर्ज गराउँछु। पार्टीको निर्णयमा मेरो मत रहोस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here