दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६७ कम्पनीको २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । सोमवार ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये होटेलबाहेक अरु सबैको परिसूचक घटेको छ । बैंकिङ समूह सबैभन्दा धेरै २.७५ प्रतिशतले घटेको छ ।

किसान लघुवित्त वित्तीय संस्थाको शेयर शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको साढे १५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट १० करोड र ग्लोबल आइएमई बैंक पौने ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज नबिल डिबेन्चर २०८५ को शेयर मूल्य सबैभन्दा धेरै ६.८७ प्रतिशतले घटेको छ । त्यस्तै, बीपीडब्ल्यू लघुवित्त ५.२३, सिटिजन्स बैंक, माउन्टेन इनर्जी, कुमारी बैंकका शेयर धनीले साढे ४ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here