एसएमएस एजुकेसन सर्भिसको नयाँ शाखा पोखरामा

काठमाडौं । एसएमएस एजुकेसन सर्भिसले आफ्नो नयाँ शाखा गण्डकी प्रदेशको राजधानी पोखरामा विस्तार गर्ने भएको छ ।

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले आगामी शुक्रबारदेखि पोखरा, चिप्लेढुंगास्थित ट्रेड महलमा शाखा संचालनमा ल्याउन लागेको हो ।

एसएमएसको यो चौथो शाखा हो । एसएमएसले हाल काठमाडौंको कोटेश्वरसहित इँटहरी र जनकपुरबाट सेवा दिँदै आएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने गण्डकी प्रदेशका विद्यार्थीलाई सेवा दिने उद्देश्यले पोखरामा शाखा विस्तार गर्न लागिएको एसएमएस एजुकेसन सर्भिसका प्रशासनिक प्रबन्धक राजकुमार सुवेदीले बताए ।

उनले पोखारा शाखाबाट सेवा सुरू भएपछि कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, तनहुँ, लमजुङ लगायत जिल्लो विद्यार्थी लाभांवित हुने बताए ।

यो शाखा विस्तारसँगै विदेशमा अध्ययन गर्न जाने योजना बनाएका विद्यार्थी तयारी परीक्षाका गर्नकै लागि काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त हुने उनको विश्वास छ ।

एसएमएस एजुकेसन सर्भिसले स्थापनाकालदेखि हालसम्म १० हजारभन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि आवश्यक तयारी परीक्षासम्बन्धी ज्ञान प्रदान गरिसकेको छ ।


यस संस्थाले विद्यार्थीलाई आवश्यक तयारी कक्षा (पीटीई),भिसा आवेदन लगायत सेवा प्रदान गर्दै आएको छ । २०७५ सालमा स्थापना भएको एसएमएसले अस्ट्रेलिया, क्यानडा, अमेरिका, यूके, न्यूजिल्यान्ड लगायत यूरोपेली मुलुकमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श तथा आवश्यक सहजीकरण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here