शेयर बजारमा सुधार, नेप्से ५ अंकले बढ्दा साढे २४ करोडको कारोबार

काठमाडौं, १० भदौ । मंगलवार नेप्से परिसूचक ४.८७ अंकले बढेर १ हजार २ सय ८ अंकमा पुगेको छ ।

मंगलवार कारोवारमा आएको मध्ये होटल र र्निजीवन बिमा बाहेक अन्य सबै समुहको सूचक बढेको कारण सिङ्गो नेप्से परिसूचक नै बढेको हो ।

मंगलवार सबैभन्दा धेरै फाइनान्स समुहको सूचक बढ्यो । फाइनान्सको सूचक ०.८९ प्रतिशतले बढ्यो ।

त्यस्तै, जलविद्युतको ०.७९ प्रतिशत, लघुवित्तको ०.६६ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

मंगलवार १ सय ६७ कम्पनीको ८ लाख ५० हजार ३ सय ८६ कित्ता शेयर किनबेच हुँदा २४ करोड ४६ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभनदा धेरै सबाईको लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । सबाईकोको शेयर मूल्य ९.९४ प्रतिशतले बढ्यो ।

त्यस्तै, आँधीखोला लघुवित्त वित्तीय संस्थाको ९.८९ प्रतिशत, प्रोग्रेसिभ फाइनान्स लिमिटेडको ८.२५ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सिटि एक्सप्रेस फाइनान्सका शेयर धनी रहेका छन् । सिटि एक्सप्रेसको शेयर मूल्य ६.८९ प्रतिशतले घट्यो ।

त्यस्तै, अरुण काबेली पावर लिमिटेडको ३.७७ प्रतिशत, एक्सएल विकास बैंकको ३.५८ प्रतिशतले घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्ने संस्थामा एनआइसी एसिया बैंक रहेको छ । बैंकले २ करोड ३६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here