नेप्सेमा उच्च अंकको गिरावट, कारोबार २ अर्ब ३८ करोडमा सीमित

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३०.९१ अंकले घटेर २१२५.२८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २७१ कम्पनीको २ अर्ब ३८ करोड ३७ लाख ५१ हजार ७० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड ३५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र शेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो ।

तर, गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारिएको बताएसँगै लगानीकर्ता हतोत्साही हुँदा नेप्सेमा लगातार गिरावट आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here