आँखामा धूलो वा अन्य केही चीज परेमा कसरी सुरक्षित तरीकाले निकाल्ने ?

काठमाडौं, १० भदौ । आँखा हाम्रो शरीरको एक संवेदनशील र मुख्य अंग हो ।

प्राय हामी मध्ये धेरै मानिसको हिड्दा, बाइक चलाउँदा धूलो, माटो, कुनै किरा आँखामा पस्न सक्छन् । आँखामा यस्ता वस्तु पर्दा आँखा चिलाउने, दुख्ने, पोल्ने जस्ता समास्याहरु हुन्छ ।

यस्तो अवस्थामा हामी मध्ये धेरै मानिसहरु आँखामा भएको दुखाई वा जलन कम गर्न उद्देश्यले आफ्नो हातले आँखा मिच्ने गर्छौं । तर, आँखामा केही परेको अवस्थामा मिच्दा आँखाको रेटिना ड्यामेज हुने समेत खतरा हुन्छ ।

यसकारण आँखामा केही परेको अवस्थामा निकै सावधानी पुर्वक निकाल्नुपर्छ । आँखामा परेका चीज सुरक्षित तरिकाले निकाल्न सकिन्छ ।

आँखामा केही परेको अवस्थामा यस्ता गल्ती नगर्नुस

— किरा, धूलो, माटो आँखामा पर्दा दुखाइसँगै आँखा पोलेको पनि महसुस हुन्छ तर, यस्तो अवस्थामा आँखा मिच्नु हुँदैन ।

— केही वस्तु आँखामा पर्दा छिटो छिटो आँखा चिम्लनु हुँदैन्, जसकारण किरा मर्छ र आँखामा समस्या हुने गर्छ

— आँखामा हात लगाउनु भन्दा पहिले पहिले साबुन पानीले हात धुनुपर्छ

— आँखामा कुनैपनि प्रकारको दबाब पार्नुहुन्न

— आँखामा भएको माटो तथा किरा वा अन्य कुनै वस्तु निकाल्नुपर्दा तिखा सामग्रीको प्रयोग गर्नु हुँदैन्

— आँखामा भएको वस्तु निकाल्नको लागि कपासको प्रयोग गर्नुहुँदैन् । यसमा भएको रेशाको कारण आँखामा इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ ।

आँखामा परेको यस्ता सामग्री कसरी निकाल्ने ?

— आँखामा कुनै वस्तु पसेमा सबैभन्दा पहिले त आँखा खोल्ने बन्द गर्ने गर्नुहुन्न ।

— सबैभन्दा पहिले आफ्नो हातलाई राम्रोसँग धुनुहोस्

— यसपछि पानी हातमा राखेर तलतिर हेर्दै आँखामा पानी छेप्नुहोस्

— यस्तो गर्दा ती सामग्री पानीसँगै बाहीर आउछ

— यति गर्दापनि निस्केन भने ठुलो भाँडावा बाल्टीमा पानी राख्नुहोस् त्यसपछि आफ्नो आँखा खुला गरेर पानीमा डुबाउनुहोस् र आँखालाई तल माथि गर्नुहोस्
यसो गर्दा आँखाको कुना कुनामा रहेको वस्तुपनि बाहिर निस्कन्छ ।

अर्को तरिका

माथि भनिएको विधिबाट तपाईंको आँखामा भएको वस्तु बाहिर निस्कीएन भने तपाईंले कुनै दोस्रो मानिसको सहयोग लिन सक्नुहुन्छ ।

यस्तो अवस्थमा तपाईंले कोही मानिसलाई आफ्नो आँखामा भएको वस्तु देखाई एउटा सफा कपडाबाट निकाल्न लगाउन सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here