बढ्यो फलफूल तथा तरकारीको मूल्य, गाेलभेडा प्रतिकेजी १०० रूपैयाँ

काठमाडौं । असार पहिलो साताको तुलनामा अन्तिम साता आइपुग्दा उपत्यकामा तरकारी तथा फलफूलको मूल्य अचाक्ली बढेको छ ।

बाढीपहिरो जाँदा ढुवानीमा समस्या भएकाले तरकारी तथा फलफूलको मूल्य वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, टनेल गोलभेडा सानो ५६ रुपैयाँ, घिउ सिमी लोकल २५ रुपैयाँ, कुरीलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८ रुपैयाँ, भारतीय आलु रातो ३६ रुपैयाँ, लौका ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

केरा दर्जन १४० रुपैयाँ,अनार ३०० रुपैयाँ, नासपाती ६० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ५०० रुपैयाँ, किवि ८०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ,रहु माछा ३१० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप १५० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ, लसुन हरियो ८० रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ, चाइनिज लसुन २६० रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, भेडे खु्र्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाजर १२०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, कागती १४० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ११०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here