माउन्ट के-टु चढेर निमारिञ्जीले बनाए विश्वकीर्तिमान

काठमाडौं । नेपालका १७ वर्षीय निमारिञ्जी शेर्पाले ‘किलर माउन्टेन’का रुपमा प्रख्यात पाकिस्तानको माउन्ट के-टु आरोहण गरेर सबैभन्दा कान्छो आरोहीको विश्वकीर्तिमान बनाएका छन्।

१७ वर्ष ९९ दिनमै विश्वको दोस्रो अग्लो (८६११ मिटर) माउन्ट के-टु को शिखरमा पुगेर सबैभन्दा कान्छो आरोहीका रूपमा संखुवासभाका निमारिञ्जीले नयाँ कीर्तिमान बनाएका हुन्। पाकिस्तानको समयअनुसार बिहीबार बिहान १० बजेर ४५ मिनेटमा शिखर चुमेका हुन्।

निमाले यसअघि ८ हजार मिटर अग्ला सातवटा हिमाल चुमिसकेका छन्। जसमा मनास्लु, सगरमाथा, ल्होत्से, नाङ्गा पर्वत, गाशेरब्रुम दोस्रो, गाशेरब्रुम पहिलो ब्रोड पिकको सफल आरोहण गरिसकेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here