मौद्रिक नीतिपछि नेप्सेको ओरालो यात्रा कायमै, २ अर्ब ५० करोडको कारोबार

काठमाडौं । शेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि सोमबारदेखि ओरालो लागेको नेप्सले सोही यात्रा कायम राखेको हो ।

साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २१.१४ अंकले घटेर २१००.३४ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७१ कम्पनीको २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटा उपसमूहको परिसूचक घटेको छ । भने एकवटा बढेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ७८ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । सोल्टी होटलको ११ करोड ९९ लाखको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ५० लाख रुपैयाँसम्मको शेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारेपछि लगानीकर्ता हतोत्साही हुँदा नेप्सेमा लगातार गिरावट आएको हो ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र शेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here