नाटालियाले रुसी राष्ट्रपति पुटिनलाई पछारिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक महिला खेलाडिले पछारेकी छन् । ओलम्पिक पदक बिजेता २९ वर्षीय नाटालिया कुज्युटिनाले एक अभ्यास सत्रमा आफ्ना राष्ट्रपतिलाई जमीन देखाएकी हुन् ।

लगत्तै पुटिनले उठेर नाटालियालाई निधारमा चुम्बन गरेका थिए । रुसको दक्षिणपश्चिमी सोचीमा भएको सो खेलपश्चात प्रतिक्रिया दिंदै ६६ वर्षीय पुटिनले भने – खेलकुद र अभ्यासले मानिसहरुलाई वास्तविक हुन सघाउँछ ।

शारीरिक अभ्यास र खेलकुदले मानिसको मूड राम्रो बनाउन, खुशी हुन र सकारात्मक हुन मद्दत गर्ने उनले बताए । कतिपय पुरुष खेलाडि भन्दा नाटालिया शक्तिशाली रहेको समेत उनले बताए ।

नाटालियाले राष्ट्रपतिसँगको अभ्यास खेलले आफूलाई थप उत्साही बनाएको बताएकी छन् । उनी २०१६ ओलम्पिककी काँस्य पदक विजेता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here