नेप्सेको ओरालो यात्रा रोकियो, कारोबार रकममा गिरावट

काठमाडौं । मौद्रिक नीति सार्वजनि भएपछि लागातार ओरालो लागेको शेयर बजार झिनो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि ओरालो लागेको शेयर बजार मापक सूचक (नेप्से) आज ५.८४ अंकले बढेर २१०६.१८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २६२ कम्पनीको १ अर्ब ८५ करोड ८० लाख १ हजार १७५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका ३ वटा उपसमूहको परिसूचक घटेको छ । भने १० वटाको बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड बढीको शेयर किनबेच भएको छ । सोल्टी होटलको ५ करोड ४७ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here