बालुवाटारमा डोजरसहित निर्माण व्यवसायीको प्रदर्शन, सबै ठेक्काको एकमुष्ट म्याद थप्न माग

काठमाडौं । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन्।

उनीहरूले मंगलबार बालुवाटारस्थित सडकमा डोजर तेर्साएर प्रदर्शन गरेका हुन्। जसका कारण केही समय बालुवाटार क्षेत्रमा सवारी आवागमन नै प्रभावित भएको थियो।

प्रधानमन्त्रीको निवास अगाडि आयोजित विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए।

व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here