५६० करोडमा बन्यो प्रभाषको ‘साहो’, यो बजेटमा आयुष्मानका १० फिल्म

दक्षिण भारतका सुपरस्टार तथा ब्लकबस्टर चलचित्र सिक्वेल बाहुबलीका अभिनेता प्रभाषद्वारा अभिनित फिल्म ‘साहो’ अहिले सबैभन्दा धेरै चर्चामा रहेको छ ।

आँउदो शुक्रबार अर्थात ३० अगस्ट रिलीज डेट भएको फिल्मको ट्रेलर केही समय अगाडी रिलिज भएको थियो । जसमा प्रभास एक अन्डरकभर प्रहरी अधिकारीको भुमिकामा देखिएका छन् ।

ट्रेलरबाटै चलचित्रले राम्रो हाइप पाएको छ । युट्युवमा यसको ट्रेलर ६ मिलियन पटक हेरिएको छ । प्रभाष, श्रद्धा कपुर, निल नितीन मुकेश प्रमुख भुमिकामा रहेका यस फिल्मको निर्माण लागत ३५० करोड भारतीय रुपैयाँ अर्थात नेपाली ५६० करोड रहेको छ ।

यो फिल्मले कति कमाइ गर्छ भन्ने कुरा त ३० अगष्टमा फिल्म लागेपछि नै थाहा हुन्छ नै तर, यहि बजेटमा भारतिय सिनेमाका अहिलेका चल्तापूर्जा अभिनेता आयुष्मान खुरानाको भने १० वटा सिनेमा निर्माण हुन्थे ।

यस बजेटमा आयुष्मानका १० फिल्म

आयुष्मान खुराना पछिल्लो समय भारतिय सिनेमामा प्रतिभाशाली अभिनेताको रुपमा चिनिँदै आएका छन् ।

सानो बजेटका फिल्म खेलेर बक्स अफिसमा राम्रो हिट फिल्म दिने अभिनेताको रुपमा आयुष्मानलाई चिनिन्छ ।

आयुष्मानले एक वर्षमा एक भन्दा धेरै सिनेमा रिलिज गर्ने र सबै सिनेमामा सफलता प्राप्त गर्ने नायकको रुपमा आफ्नो छवि बनाएका छन् ।

आयुष्मानको ‘विक्की डोनर, ‘बरेली की बर्फी’, ‘शुभ मंगल’ सावधान’, ‘अंधाधुन’, ‘बधाई हो’ र ‘अप्टिकल १५’ जस्ता फिल्महरु कम बजेटमा बनेर पनि हिट भएका फिल्म हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here