दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार मापक सूचक (नेप्से) आज २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६२ कम्पनीको १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ ।

आज अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ७४ लाख बढीको शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको ७ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here