७ महिनामा भित्रिए ५ लाख ३४ हजार पर्यटक, कुन देशबाट कति ?

काठमाडौं । सन् २०२३ को सात महिनामा पाँच लाख भन्दा पर्यटक नेपाल भित्रिएका छन् । तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ५ लाख ३४ हजार २०७ पुगेको छ ।

अघिल्लो महिना जुनसम्ममा ४ लाख ७६ हजार ४८१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको मात्र तथ्याङ्क हो ।

यसबाहेक बाई बस (स्थलमार्ग) हुँदै आउने पर्यटकको संख्या यसको दोब्बर हुनसक्ने अनुमान अध्यागमन विभागको छ । गत बर्षको तुलनामा यस बर्ष २ लाख ४८ हजार ८४४ ले पर्यटकको आगमन बढेको छ ।

जुलाईमा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा यसपटक २९.८ प्रतिशतले पर्यटक आगमन बढेको हो । अघिल्लो बर्ष अर्थात २०२२ को जुलाई महिनामा ४४ हजार चार सय ६२ पर्यटक नेपाल आएको थिए ।

अघिल्लो महिना जुनसम्ममा ४ लाख ७६ हजार ४८१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको मात्र तथ्याङ्क हो । यसबाहेक बाई बस (स्थलमार्ग) हुँदै आउने पर्यटकको संख्या यसको दोब्बर हुनसक्ने अनुमान अध्यागमन विभागको छ ।

कुन महिनामा कति पर्यटक भित्रिए ?

भारत– २१ हजार ३५७ जना
बंगलादेश– २६ सय ९६ जना
चिन– ५ हजार ५९३ जना
अमेरिका– ५ हजार ५६१ जना
भुटान– ८०७ जना
श्रीलंका– ४८४ जना
पाकिस्तान– ३७२ जना
दक्षिण कोरिया– १ हजार ३७५ जना
बेलायत– ३ हजार ६३० जना
अष्ट्रेलिया– १ हजार १०२ जना
क्यानडा– ६५३ जना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here