टेलिकमकाे सस्ताे इन्टरनेट प्याकेज, प्रति एमबी ३ पैसा मात्रै

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले प्रति एमबी ३ पैसामा ईन्टरनेट सेवा दिने याेजना सार्वजनिक गरेकाे छ ।

कम्पनीले प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट सेवा उपलब्ध गराउने भएकाे हाे ।

यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना प्रदान गरेकाे छ ।

यो सुविधा लिनका लागि 1D1G लेखेर १४१५ मा म्यासेज पठाउनु पर्दछ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने छ । यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ । यस छुट योजनामा प्रति एमबी करसहित ४.५ पैसा लाग्दछ ।

यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराईरहेको छ ।

यो सेवा हासिल गर्न 7D7G लेखेर १४१५ मा म्यासेज पठाउनु पर्दछ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३.५ पैसा मात्र लाग्दछ ।

त्यस्तै नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ ।

यो सुविधा प्रयोग गर्नका निम्ति 28D28G लेखेर १४१५ मा म्यासेज पठाउनु पर्दछ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here