झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३ अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार २६२ कम्पनीको १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ वटा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड २३ लाख बढीको कारोबार भएको छ ।

दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसमध्ये सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र एनआइबिएल ग्रोथ फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५.१९ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here