मनकामना अस्पतालमा तीन महिने गर्भवतीको मृत्यु ,आफन्तले गेटमा लगाए चाबी

काठमाडौं । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवती महिलाको मृत्यु भएको छ । गर्भवतीको मृत्यु पश्चात भएपछि अस्पतालमा तनाव भएको छ ।

भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो ।

उनी रक्तश्राव भएर उपचारका लागि अस्पताल आएकी थिइन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ ।

मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् । अहिले छलफल सुरु गर्न लागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here