१० अंकले घट्यो नेप्से, ३७ करोडको कारोबार

काठमाडौं, ११ भदौ । मंगलवार केही सुधार देखिएको शेयर बजार बुधवार फेरि ओरालो लागेको छ ।

बुधवार नेप्से परिसूचक १०.२६ अंकले घट्दा १ हजार १ सय ९७.७५ अंकमा झरेको छ ।

कारोबारमा आएका मध्ये सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो ।

बुधवार सबैभन्दा धेरै जलविद्युतको सूचक घट्यो । जलविद्युतको सूचक १.४० प्रतिशतले घट्यो ।

त्यस्तै, अन्य १.०२ प्रतिशत, जीवन बिमाको १.०२ प्रतिशत, बैंकिङ्गको ०.८७ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार १ सय ६८ कम्पनीको १३ लाख २१ हजार ४ सय ८६ कित्ता शेयर किनबेच हुँदा ३७ करोड २४ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै साबिको लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । साबिकोको शेयर मूल्य ९.८६ प्रतिशतले बढ्यो ।

त्यस्तै, आँधीखोला लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत, हिमालयन पावर पार्टनरको ३.३८ प्रतिशतले बढयो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावरका शेयर धनी रहेका छन् । दिव्यश्वरीको शेयर मूल्य ४.९१ प्रतिबले घट्यो ।

त्यस्तै, सामुदायीक लघुवित्त वित्तीय संस्थाको ३.६४ प्रतिशत, हिमालयन डिस्टीलरी लिमीटेडको ३.४८ प्रतिशत घट्यो भने अन्य समुहको सुामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार गर्नेमा रुलर माइक्रोफाइनान्स डेभलभमेन्ट सेन्टर रहेको छ । रुलर माइक्रोफाइनान्सले १० करोड ५४ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here