आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा कारोबार खुला भएको हो।

सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको ‘आइएलआई’ संकेतमा सेयर कारोबार खुला भएको हो।

बिहीबार कम्पनीको कुल ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले पहिलो कारोबारको लागि १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसाको मूल्य रेञ्ज पाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here