एक क्वीन्टल सुन प्रकरणको सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई, राजस्वले बुझायो फाइल

काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्वीन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको जिम्मा प्रहरीलाई लगाएको छ । आइतबार विभागमा पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले यस्तो निर्णय भएको जानकारी दिएका हुन ।

तस्करीमा अन्तरदेशिय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको महानिर्देशक ढुंगानाले बताए ।

विभाग स्थापना भएको झण्डै ४६ वर्ष लामो इतिहासमा पहिलो पटक विभागले अनुसन्धान चल्दै चल्दै आफ्नो क्षेत्राधिकारको मुद्धा प्रहरीलाई सुम्पिएको हो । विभागको यस्तो निर्णयले कसुर गर्नेलाई सजायँ कम हुने चिन्ता विज्ञहरूको छ ।

साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुगेको छैन । हाल भइरहेको अनुसन्धानले अपराधमा संलग्नको नेटवर्क पत्ता लगाए पनि मूल गिरोह अझै अनुसन्धानको दायराभन्दा बाहिर छ ।

हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् । सुन बरामद भएको तेस्रो सातासम्म विभागले सुन तस्करको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाका चार वटा गोदाममा छापा मारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here