काठमाडौं । लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा पूर्वराज्यमन्त्री तथा बुद्धिजममा विद्यावारिधि गरेका डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले दुवै संविधानसभाको सदस्यसमेत रहेका डा. लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।
विश्वभरका बुद्धमार्गी तथा सरकारहरू संलग्न रहेको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका केन्द्रीय सचिवसमेत रहेका डा.लामालाई पाँच वर्षका लागि नियुक्त गरिएको हो ।
विवादास्पद पृष्ठभूमिका उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ पर्ने गरेका थिए ।
यसअघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सात वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा बौद्ध धर्मका गुरुलाई नियुक्त गरिएको एक मन्त्रीले बताए । डा.लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत छन् ।